सुनको मूल्य फेरि कीर्तिमानी बिन्दुमा, प्रतितोलाको १ लाख ९९ हजार ४ सय 


काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।

यससँगै चाँदी तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य तोलामा २३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।