काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक ऋषिकेश भट्ट सेवा निवृत्त भएका छन् । राष्ट्र बैंकमा २२ वर्षे कार्यकाल पूरा गरेका उनी भोलि अर्थात् भदौ १२ अवकाश हुँदैछन् । २०६० सालमा उपनिर्देशक तहदेखि राष्ट्र बैंकमा प्रवेश गरेका उनले विभिन्न विभागहरू सम्हाली सकेका छन्।
उनले विकास बैंक सुपरिवेक्षण विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागलगायत विभिन्न विभाग सम्हालिसकेका छन् । हाल भने उनी वित्त व्यवस्थापन विभागबाट अवकाश लिँदैछन् । उनले कार्यकारी निर्देशकका रूपमा सात वर्ष अवधि पूरा गरी अवकाश पाएका हुन्।
यस्तै, केही समयअघि ५८ वर्ष उमेर हदका कारण जेठमा कार्यकारी निर्देशकहरू प्रकाशकुमार श्रेष्ठ र तुलसीप्रसाद घिमिरेले अवकाश पाएका थिए । निर्देशकको पहिलो वरीयतामा रहेका रामप्रसाद गौतम कार्यकारी निर्देशकमा बढुवा भएर गत असारमा अवकाश पाइसकेका छन् । यस्तै, प्रदीपराज पौड्यालले साउनमा ५८ वर्ष उमेर हदका कारण अवकाश पाएका हुन् ।
यता असोजमा कार्यकारी निर्देशकका रूपमा ७ वर्ष अवधि पूरा गरी डा. गुणाकर भट्टले अवकाश पाउनेछन् । यस तथ्यांकलाई हेर्दा छोटो समयमा धेरै कार्यकारी निर्देशक राष्ट्र बैंकबाट बाहिरिएका छन् ।






About Us
प्रतिक्रिया