बैंकमा जागीर खाने सोच्दै हुनुहुन्छ ? नारायणी डेभलपमेन्ट बैंकमा छ यस्तो अवसर


काठमाडौं – नारायणी डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागी सक्षम, दक्ष र परिणाममुखी नागरिकहरूबाट बैंकिङ्ग क्षेत्रमै उत्कृष्टता हासिल गर्ने इच्छुक व्यक्तिहरूका लागि दरखास्त आह्वान गरेको हो।

बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरूमा रिक्त रहेका पदहरूमा दरखास्त माग गरिएको हो । बैंकले जोखिम व्यवस्थापन विभाग का लागी विभागिय प्रमुख माग गरेको छ । जसमा चार्टर्ड एकाउन्टेन्टलाई प्राथमिकता दिएको छ भने इच्छुकले कम्तिमा ५ वर्षको बैंकिङ्ग अनुभव संगालेको, वित्तीय विवरण तयारीमा राम्रो ज्ञान भएको, दरखास्त दिने अन्तिम मितिसम्म उमेर ४० वर्ष ननाघेको र सवारी चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिने उल्लेख छ ।

यस्तै, बैंकले कानून विभागका लागी पनि प्रमुख माग गरेको छ । जसका लागी कानुन विषयमा न्यूनतम स्नातक गरेको, कम्तिमा ५ वर्षको बैंकिङ्ग अनुभव, राष्ट्र बैंकका निर्देशिका तथा बैंकिङ्ग नियमहरूको राम्रो बुझाइ भएको, ४० वर्ष ननाघेको र दुई पाङ्ग्रे चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिने बैंकले जनाएको छ ।

यसैगरी, बैंकले शाखा प्रबन्धक र सहायक पदमा पनि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले आफ्नो बायोडाटा, पासपोर्ट साइज फोटो, शैक्षिक र अनुभव प्रमाणपत्रहरूको प्रतिलिपि सहित बैंकको आधिकारिक मेलमार्फत भदौ २५ गतेसम्म आवेदन दिन पाउने बैंकले जनाएको छ ।