१० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाता बन्द गर्दै कुमारी बैंक


काठमाडौं – कुमारी बैंक लिमिटेडले बैंकमा खोलिएका १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरू बन्द गर्ने भएको छ । एक सूचना जारी गर्दै बैंकले शून्य मौज्दात रही कारोबार नभएका खाताहरू बन्द गर्ने बताएको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनमा भएको व्यवस्थाअनुसार बैंकमा खोलिएका १० वर्ष देखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु बन्द गर्ने भएको हो । बैंकले आजको ३५ दिन भित्र सुचारु नभएका खाताहरु प्रचलित नियमानुसार बन्द हुने बताएको छ ।