काठमाडौं – ग्लोबल आईएमई क्यापिटले असोज १ गते शेयरधनीहरुलाई आठौं वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीका साउन १० गते बसेको सञ्चालक समितिको १९५ औं बैठकको निर्णयले उक्त सभा होटल ले हिमालय, लाजिम्पाट काठमाडौंमा दिउँसो ४ः३० बजे देखि सुरु हुने भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत अर्थात ९ करोड ८७ लाख ८३ हजार रुपैयाँ (कर सहित) नगद लाभांश शेयरधनीहरुलाई वितरण गर्न स्वीकृति प्रदान गर्ने भएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ को लेखापरिक्षण कार्यको लागि बाहृय लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने समेत निर्णय गरेको छ ।



About Us
प्रतिक्रिया