नेपाल बैंकका ग्राहक र कर्मचारीलाई माउन्टेन भिस्टा रिट्रिटमा १५ प्रतिशतसम्म छुट


काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकलाई काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका–२ स्थित रहेको रिसोर्ट माउन्टेन भिस्टा रिट्रिटले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताबमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटले प्रदान गर्ने रिसोर्टका विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको हो।

सम्झौतापत्रमा भदौ ९ गते बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र माउन्टेन भिस्टा रिट्रिटका तर्फबाट बिक्री निर्देशक प्रदीप शर्मा पौडेलले हस्ताक्षर गरेका छन्।