काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा नगद विदेशी मुद्रा भित्र्याउने र बाहिर लैजाने सम्बन्धमा सूचना जारी गरेको छ । राष्ट्र बैंकका अनुसार नेपाली वा विदेशी नागरिकले अधिकतम ५ हजार अमेरिकी डलरसम्म (भारतीय रुपैयाँको हकमा सो बराबर रकम) नगदमा नेपाल भित्र्याउन सक्छन् । सोभन्दा बढी रकम ल्याउँदा भने अनिवार्य रूपमा भन्सार घोषणा गरेर प्रमाणित गर्नुपर्ने व्यवस्था यथावत् छ । अन्य विदेशी मुद्राको हकमा पनि ५ हजार अमेरिकी डलर बराबरको रकमभन्दा बढी भएमा घोषणा अनिवार्य हुनेछ ।
यसअघि पनि केन्द्रिय बैंकले २०७५ सालमा सोही व्यवस्था बारे जानकारी गराइसकेको भए पनि फेरि स्मरण गराइएको हो ।
भारतीय नोटमा कडाइ
राष्ट्र बैंकले सन् २०१६ नोभेम्बर ९ भन्दा अघि भारतमा चलनचल्तीमा रहेका ५०० र १००० दरका भारतीय रुपैयाँका नोटको कारोबार, ओसार–पसार वा प्रयोग पूर्णतः प्रतिबन्धित भएको दोहोर्याएको छ ।
त्यसैगरी भारतीय रुपैयाँ २००, ५०० र २००० दरका नोट पनि नेपालभित्र ल्याउन, नेपालमै कारोबार गर्न वा साथमा राख्न नपाइने व्यवस्था रहेको स्पष्ट गरिएको छ ।
साथै, भारतीय रुपैयाँ नेपालबाट तेस्रो मुलुकमा लैजान वा तेस्रो मुलुकबाट नेपाल ल्याउन पनि अनुमति छैन भन्ने सूचना राष्ट्र बैंकले फेरि सार्वजनिक गरेको छ ।






About Us
प्रतिक्रिया