काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम छ । जबकी, हिजो १ लाख ९७ हजार २०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । तोलामा ५ रुपैयाँले बढ्दै चाँदीको मूल्य प्रतितोला २३ सय ६० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलामा २३ सय ५५ रुपैयाँ थियो ।






About Us
प्रतिक्रिया