होन्डाको दशैं योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक


काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक गरेको छ । ‘यो दशैं Best value रोज्नुहोस’ भन्ने नाराका साथ ल्याइएको यो योजना मिति भदौ ७ गतेदेखि कार्तिक १४ गतेसम्म नेपालभरका सबै होन्डा शोरूमहरूमा लागू हुनेछ ।

यस योजनाको मुख्य उद्देश्य चाडपर्वको समयमा गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्नु रहेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्। कम्पनीले ४ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटको व्यवस्था गरेको छ ।

यसका साथै, ग्राहकहरूले ५ वर्षको लागि निःशुल्क सर्भिसिङ, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, र १ वर्षको लागि सडक करमा छुट जस्ता सुविधा पनि पाउनेछन् । पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकहरूका लागि २५ हजार रुपैयाँ बराबरको एक्सचेन्ज बोनसको पनि व्यवस्था गरिएको छ ।

यसबाहेक, ग्राहकहरूले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी, र एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधा पनि प्राप्त गर्नेछन् । यी सबै अफरहरूले ग्राहकहरूलाई होन्डा गाडीको स्वामित्व ग्रहण गर्दा पूर्ण मानसिक शान्ति र उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।

यो योजना होन्डाका लोकप्रिय मोडेलहरू जस्तै होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज, र सिटी फिफ्थ जेनेरेसन लगायतका गाडीहरूमा उपलब्ध हुनेछ ।