चीनको समस्याग्रस्त रियल इस्टेट कम्पनी एभरग्राण्ड हङकङ स्टक एक्सचेञ्जबाट ‘डिलिस्टेड’


एजेन्सी । चीनको सबैभन्दा ठूलो तर समस्याग्रस्त रियल इस्टेट कम्पनी एभरग्राण्ड हङकङ स्टक एक्सचेञ्जबाट हटेको छ । एक दशकयता समस्याग्रस्त स्थितीमा रहेको यो कम्पनीको शेयर हङकङ स्टक एक्सचेञ्जबाट हटाइएको हो ।

यो कुनै समय चीनको सबैभन्दा ठूलो घरजग्गा कारोबारी कम्पनीकारुपमा स्थापित थियो । जसको बजार मूल्य ५० अर्ब अमेरिकी डलरभन्दा बढी थियो । तर, यसको विशाल कर्जाले कम्पनीको साम्राज्यलाई ढाल्न सहयोगि भूमिका खेल्यो ।

विज्ञहरुले पछिल्लो समय एभरग्राण्डको ‘डिलिस्टङ’ अनिवार्य रहेको बताउँदै आएका थिए । किनकी, कम्पनीको घाटा र कर्जा थेगिनसक्नु अवस्थामा पुगिसकेको थियो । ‘हङकङ स्टक एक्सचेञ्जबाट एकपटक डिलिस्टङ गरिसकेपछि फेरी फर्किने सम्भावना न्यून छ,’ युरेसिया समूहका लागि चीनका राजनीतिक परामर्शदाता निर्देशक डान वाङ भन्छन् ।

यससँगै, एभरग्राण्ड विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा संकटमा परेको भन्दै परिचित बनेको छ । जबकी केही वर्ष अघि मात्रै एभरग्राण्ड चीनको उदाउदो अर्थतन्त्रको मूख्य उदाहरणकारुपमा थियो ।

यसका संस्थापक तथा अध्यक्ष हुव का यान रोस चीनको ग्रामिण क्षेत्रमा जन्मिएर फोब्र्सको अर्बपतिको सूचीसम्म अटाउँदै उदाहरण प्रस्तुत गरेका थिए ।