‘डिजिटल माध्यमबाट हुने ठगीमा पढेलेखेका व्यक्ति नै फस्ने गरेका छन्’


पछिल्लो समय अधिकांश व्यक्तिहरू छिट्टै धनी बन्ने सोचले निर्देशित हुन थालेका छन्। छोटो समयमा धन आर्जन गर्नका लागि केही व्यक्तिहरूले आपराधिक मार्ग नै अपनाउने गर्छन्। केही व्यक्तिहरू भने धेरै कमाइन्छ भन्ने लोभमा ठगको हातमा समेत पर्ने गर्छन्। जनचेतनाको अभाव र लोभका कारण आफूसँग भएको पैसा पनि डुबाउन पुग्छन्। सर्वसाधारणलाई ठगी गर्नु नै ठगहरूको प्रमुख उद्देश्य हुन्छ। जसले गर्दा ठगहरूले सर्वसाधारणको सोचसँग मिल्ने गरी विभिन्न प्रकारका डिजिटल माध्यम प्रयोग गरी झुटा विज्ञापन सर्वसाधारणसम्म पुर्‍याउने गर्छन्।

जनचेतनाको अभाव र लोभका कारण आफूसँग भएको पैसा पनि डुबाउन पुग्छन् ।

त्यस्तै, झुटा विज्ञापनहरूको जालोमा परेर पछिल्ला दिनहरूमा सयौँको  संख्यामा सर्वसाधारण ठगिने गरेका छन् । यस्ता गतिविधिबाट धेरै नागरिकले आफ्नो मेहनतको कमाइ गुमाउन पुगेको प्रहरीको तथ्यांकले देखाएको छ । जनचेतनाको कमी, अनियन्त्रित लोभ र पर्याप्त जानकारीको अभावका कारण मानिसहरू ठगीमा फस्ने गरेका छन् । यस्ता घटना देशव्यापी रूपमा बढ्दै गइरहेको छ । यस्ता आर्थिक तथा वित्तीय अपराधबाट गण्डकी प्रदेश चोखो बन्न सकेको छैन । यसै विषयमा गण्डकी प्रदेश प्रमुख, प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले बैंकिङ्ग समाचारसँग गरेका कुराकानीको सम्पादित अंश –

पछिल्लो समयमा गण्डकी प्रदेशमा आर्थिक तथा वित्तीय अपराधका घटना अन्य अपराधका तुलनामा बढ्दै छ कि घट्दै गइरहेको छ ? 

पछिल्लो समयमा अन्य अपराधहरूको तुलनामा आर्थिक तथा वित्तीय क्षेत्रका अपराधका गतिविधि निश्चितरुपमा बढ्दै गइरहेका छन् । यद्यपि विगतका वर्षहरूका तुलनामा पनि गएको आर्थिक वर्षमा आर्थिक अपराधका घटना संख्यात्मक आधारमा पनि बढेका छन् । विशेष गरेर प्रदेशमा चेक बाउन्स सम्बन्धी घटनाका उजुरीहरू बढी आउने गरेको छ । त्यस्तै ठगीका घटनाहरू, सहकारी ठगीका घटनाहरू पनि बढ्दै गइरहेको छ । प्रदेशमा मुख्य गरी बैंकिङ्ग कसुर र ठगीका घटनाहरू बढी हुने गरेको छ। 

आर्थिक अपराधमा कुन वर्गका व्यक्तिहरू बढी फस्ने गरेका छन् ? अपराधी कस्ता व्यक्तिहरूलाई बढी टार्गेट गर्ने गरेका हुन्छन् ? 

पछिल्लो समयमा डिजिटल माध्यमबाट हुने ठगीका घटनाहरू बढी घट्ने गरेका छन् । अचम्म के छ भने, यसमा अलि बढी शिक्षित व्यक्तिहरू नै फस्ने गरेका छन् । मोबाइल बैंकिङ, वालेटलगायतका भुक्तानीका डिजिटल प्लेटफर्म  चलाउन जान्नेहरू नै बढी स्क्यामरको हातमा पर्ने गर्छन् । त्यसमा पनि बढी व्यावसायिक क्षेत्रका व्यक्तिहरूलाई टार्गेट गर्दै ठगी गर्ने गरिएको देखिन्छ । 

प्रदेशमा हुने गरेका आर्थिक अपराधलाई कम गर्न कस्ता कदम चाल्दै आउनु भएको छ ? 

बैकिङ्ग कसुरका घटनाहरूमा विशेष गरी विभिन्न डिजिटल माध्यमहरूको प्रयोग गरी हुने गरेको छ । त्यसैले बैंकिङ्ग क्षेत्रका संस्थाहरूले नै आफ्नो मोबाइल बैंकिङ्ग एपलाई अलि बढी सुरक्षित बनाउन सकेमा आर्थिक अपराधका घटनाहरू अलि कम हुन सक्छन् ।

क्रिप्टोकरेन्सी कारोबारीहरूले पछिल्लो समयमा सम्पत्ति शुद्धीकरण गर्ने प्रयोजनका रकमहरू यस्तो अवैध करेन्सीहरूमा लगानी गरिरहेको हाम्रो आशंका छ ।

प्रहरीले पनि मातहतका विभिन्न निकायहरूमार्फत जनचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको छ । सबैभन्दा पहिला त सर्वसाधारण नै  ‘छिट्टै पैसा कमाइन्छ’ भन्दै सामाजिक सञ्जालमा आएका पोस्टहरूको विश्वासमा नगर्ने र लोभमा नपर्ने हो भने यस्ता ठगीका घटना आफै कम हुन्छन् । मोबाइल वालेटहरूको पासवर्ड, ओटिपी (वन टाइम पासवर्ड) लगायतका कोडहरू कसैलाई सेयर नगर्दे र बेला बेलामा चेन्ज गरिरहने हो भने आर्थिक अपराधका घटनामा कमी आउन सक्छ । त्यसैले गर्दा यस्ता विषयहरूलाई मध्यनजर गर्दै सचेतनाका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ । 

बैंक तथा वित्तीय संस्थालाई माध्यम बनाएर ठगी गर्नेहरूको अवस्था प्रदेशमा कस्तो छ ? ठगी गर्नेहरूले कस्तो तरिका अपनाउन थालेका छन् ?  

विशेष गरेर अनलाइन सामान खरिद गराउने बहानामा ठगी हुने गरेका छन् । राम्रा–राम्रा सामानहरूको फोटो प्रयोग गरी सामाजिक सञ्जालमार्फत अनलाइन सपिङ प्लेटफर्म खडा गरिन्छन् । अनलाइनबाट सामान अर्डर लिने बहानामा ग्राहकसँग रकम लिइन्छ ।  तर, सामान नपठाउने गरेका घटनाहरूको उजुरी पछिल्लो समयमा अलि बढी आइरहेको अवस्था छ । यस्तो माध्यमबाट ठगी गर्नेहरूले विभिन्न सामाजिक सञ्जालहरूमा आवश्यक सामानहरूको आकर्षक फोटोहरू अपलोड गरेर ‘बिक्रीमा छ’ भन्दै फर्जी विज्ञापन राख्ने गर्छन् । जुन सामानहरूको मूल्य बजारभन्दा सस्तो राखिएका हुन्छन् । कम मूल्यमा नै राम्रो समान पाइने आशाले ग्राहकहरूले ठगहरूसँग सम्पर्क राख्छन् ।

पछिल्लो समयमा डिजिटल माध्यमबाट हुने ठगीका घटनाहरू बढी घट्ने गरेका छन् । अचम्म के छ भने, यसमा अलि बढी शिक्षित व्यक्तिहरू नै फस्ने गरेका छन् । मोबाइल बैंकिङ्ग, वालेटलगायतका भुक्तानीका डिजिटल प्लेटफर्म  चलाउन जान्नेहरू नै बढी स्क्यामरको हातमा पर्ने गर्छन् । त्यसमा पनि बढी व्यावसायिक क्षेत्रका व्यक्तिहरूलाई टार्गेट गर्दै ठगी गर्ने गरिएको देखिन्छ । 

फर्जी बिक्रेताले सुरुमै रकम पठाउन आग्रह गर्छ । त्यस पछि रकम ठगको हातमा परेपछि समान नपठाएर सामान किन्ने व्यक्तिलाई पनि ब्लक गर्ने गर्छन् । प्रहरीमा उजुरी आएपछि अनुसन्धान गर्दै जाँदा सो रकम पठाएको खाता नै सर्वसाधारणबाट भाडामा लिएर ठगी गरिएको पाइने गरिएको छ । त्यस्तै, ठगी गर्ने क्रममा अपराधीहरूले यस्ता भाडाका धेरै वटा खाताहरूको प्रयोग गर्ने गरिएको पाइएको छ । विभिन्न किसिमको चिट्ठा प¥यो भन्दै रकम माग्ने समेत गरेका घटनाहरू पनि आउने गरेका छन् । यसका लागि चिट्ठा पठाउन ट्याक्स पठाइदिनु भन्दै पैसा माग्ने र पैसा आइसकेपछि समर्पकमा नआउने गरेको घटना बढी छन् । 

पछिल्लो समयमा त क्रिप्टोकरेन्सीका घटनाहरू देशव्यापी रूपमा मौलाउँदै गइरहेको छ, प्रदेशमा चाहिँ क्रिप्टो कारोबारको अपराधको अवस्था कस्तो छ ?

क्रिप्टोकरेन्सी कारोबारीहरूले पछिल्लो समयमा सम्पत्ति शुद्धीकरण गर्ने प्रयोजनका रकमहरू यस्तो अवैध करेन्सीहरूमा लगानी गरिरहेको हाम्रो आशंका छ । तर प्रदेशमा क्रिप्टोकरेन्सी कारोबारीहरूलाई ठुलो रकम कारोबार गरेको अवस्थामा भेटिएको छैन । तर विदेशी मुद्रा कारोबार गर्नेहरू भने पक्राउ पर्दै आइरहेका छन् । 

क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरू बढ्नुको कारण के होला? यसलाई नियन्त्रण र निरुत्साहित पार्ने उद्देश्य के हुनसक्छ ?  

बैंक तथा वित्तीय संस्थाले आफ्नो मोबाइल बैंकिङ्ग एपहरू र खाता खोल्नका लागि समेत सोही व्यक्तिलाई उपस्थित भई उसैको नाममा रहेको सिम कार्डबाट खाता खोल्न लगाउने व्यवस्था गर्नुपर्छ । भाडामा खाता सञ्चालन गर्न दिने काम नगरेमा मनी लाउन्डरिङका रकम कम हुँदै जान्छ । यसबाट पनि किप्टोमा लगानी गर्नेको संख्या केही हदसम्ममा कम गर्न सकिन्छ । 

विभिन्न सामाजिक सञ्जालहरूमा आवश्यक सामानहरूको आकर्षक फोटोहरू अपलोड गरेर ‘बिक्रीमा छ’ भन्दै फर्जी विज्ञापन राख्ने गर्छन् । जुन सामानहरूको मूल्य बजारभन्दा सस्तो राखिएका हुन्छन् । कम मूल्यमा नै राम्रो समान पाइने आशाले ग्राहकहरूले ठगहरूसँग सम्पर्क राख्छन् । फर्जी बिक्रेताले सुरुमै रकम पठाउन आग्रह गर्छ । त्यस पछि रकम ठगको हातमा परेपछि समान नपठाएर सामान किन्ने व्यक्तिलाई पनि ब्लक गर्ने गर्छन् । 

प्रमुखका रूपमा प्रदेशमा गइसकेपछि हजुरले आर्थिक अपराध कम गर्न के-के गर्नुभयो ? 

प्रहरी प्रमुखका रूपमा प्रदेश आइसकेपछि जनचेतनामूलक कार्यक्रममा बढी केन्द्रित छु । आर्थिक तथा वित्तीय अपराध गर्न नहुने र यस्ता आपराधिक कार्यमा संलग्न व्यक्तिहरूले कसरी ठगी गर्छन् भने विषयमा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छु । साथै, यस्ता अपराधमा संलग्न व्यक्तिहरूलाई पनि कानुनी दायरामा ल्याउने गरिएको छ । 

यस्ता अपराधहरूलाई अनुसन्धान गर्ने कतिको चुनौतीपूर्ण छ ?

आर्थिक अपराध अनुसन्धानमा अवश्य पनि चुनौतीहरू छन् । यो बैंकिङ्ग कसुरमा एउटा व्यक्तिलाई बैंक खाता खोल्न लगाएर अरूले नै अनधिकृत रूपमा प्रयोग गर्ने घटना बढी छन् । यस्तै ठगहरूले झुट्टा विवरण राखेर बैंक खाता खोल्ने समेत गरेका हुन्छन् । जसले गर्दा प्रहरीलाई अनुसन्धानमा चुनौती सिर्जना हुने गरेको छ । बैंक तथा वित्तीय संस्थाले बैंक खाता खोल्दा विवरण राम्रोसँग हेरेर मात्र खाता खोल्न दिँदा केही हदसम्म भए पनि अनुसन्धान गर्ने सहज हुने देखिन्छ। 

फिसिङ लिंकका माध्यमबाट हुने ठगीको अवस्था कस्तो छ ? 

सामाजिक सञ्जालहरूमा फिसिङ लिंक राखेर ठगी गर्नेहरू पनि बढ्दै छन् । तर यी सबै किसिमका आर्थिक अपराधहरू बैंक तथा वित्तीय संस्थाहरूसँग नै सम्बन्धित हुने भएकाले गर्दा बैंकलाई सुरक्षित बनाएर  लागियो भने यस्ता अपराधहरूमा कमी आउने देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाले अत्याधुनिक प्रविधि, कडा सुरक्षा प्रणाली र अनलाइन ट्रान्जेक्सनमा निगरानी मजबुत बनाएमा ठगहरूले पैसा तान्न सक्दैनन् । त्यसैले गर्दा सर्वसाधारणले पनि आफ्नो मोबाइल बैंकिङ्ग र वालेटको ओटिपी पासवर्ड दोस्रो व्यक्तिलाई सेयर गर्नुभएन । त्यसपछि यस्ता माध्यम बनाएर ठगी गर्नेहरूको संख्यामा आफैँ कम हुने देखिन्छ ।