सानिमा रिलायन्स कपन शाखामा तीज कार्यक्रम भव्यतापूर्वक सम्पन्न


काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको कपन शाखाले हिजो हरितालिका तीजको अवसरमा भव्य र सभ्य तीज रमाइलो कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका प्रमुख व्यवसाय अधिकृत गुणराज श्रेष्ठले सम्पूर्ण महिला अभिकर्तालाई शुभकामना व्यक्त गरे।

सोही अवसरमा चाबहिल क्षेत्रीय प्रबन्धक नरेश थापाले पनि महिला अभिकर्ताहरूप्रति तीजको शुभकामना दिए । त्यसैगरी, चाबहिल क्षेत्र प्रमुख बिनिता ढकालले देश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दु नारीहरूको मनोकामना पूरा होस् भन्ने शुभेच्छासहित तीजको शुभकामना दिए ।

कपन शाखाका एमडीआरटी, एजेन्सी प्रबन्धक तथा कर्मचारीहरूले नाचगान गर्दै दर खाई आपसमा शुभकामना आदानप्रदान गरेका थिए।