काठमाडौं – नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी कायम गर्न नसकेका लघुवित्त वित्तीय संस्थाहरुले नगद लाभांश बाड्न नपाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सर्कुलर जारी गर्दै चुक्ता पुँजी कायम गर्न नसकेको लघुवित्त वित्तीय संस्थाको हकमा बोनस शेयर प्रदान गर्न कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण प्रस्ताव गर्न नपाइने बताएको हो ।
केन्द्रीय बैंकले खुद्रा कर्जा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थालाई वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई धितो लिई वा नलिई उपलब्ध गराएको प्रतिव्यक्ति ३ लाखसम्म तथा महिलाहरुको हकमा ५ लाखसम्मको कर्जा सीमा कायम गरेको छ ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले नगद लाभांश वितरणको प्रस्ताव गर्नुपरेमा न्यूनतम ९ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्नेछ । साथै १५ प्रतिशत भन्दा बढी निष्कृय कर्जा अनुपात भएका लघुवित्त वित्तीय संस्थाहरुले लाभांश वितरण गर्न नसक्ने उल्लेख गरेको छ ।





About Us
प्रतिक्रिया