काठमाडौं – नेक्सजेन क्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले शेयरधनीहरुलाई असोज ३ गते आठौ वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार उक्त सभा होटल एल्लो पगोडा, कान्तिपथ, काठमाडौमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।
उक्त, सभाबाट विशेष प्रस्ताव अन्र्तगत कम्पनीको प्रवन्धपत्रको उद्देश्यमा थप गर्ने गरी संशोधन गर्ने कम्पनीले जनाएको छ। यससँगै, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा पूँजीमा परिवर्तन सम्बन्धी विवरण पारित गर्ने कम्पनीले जनाएकाे छ ।
त्यस्तै, आव २०८२/८३ को लेखा परिक्षणका लागि लेखा परिक्षकको नियुक्ती गर्ने त्यसैगरी साधारण सभाको निर्णय पुस्तिकामा दस्तखत गर्न शेयरधनीको तर्फबाट १ जना प्रतिनिधि मनोनयन गर्ने जस्ता विषयबस्तुमा उक्त सभाबाट छलफल गरिने कम्पनीले जनाएको छ ।
साथै, सर्वसाधारणमा ३० प्रतिशत शेयर जारी गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई जिम्मेवारी दिने बारे छलफल गर्नेछ ।



About Us
प्रतिक्रिया