नाडेप लघुवित्तको सञ्चालक वाग्लेले दिइन् राजीनामा


काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदबाट सुष्मा वाग्लले राजीनामा दिएकी छन् । संस्थाको सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आएकी वाग्लले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट राजीनामा दिएकी हुन् ।

संस्थाको भदौ ६ गते बसेको सञ्चालक समितिको बैठकबाट वाग्ललेको राजीनामा स्वीकृत भएको हो ।