काठमाडौं – गत आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय क्षेत्रबाट जाने कर्जा ८.४ प्रतिशतले बढेर ४ खर्ब २३ अर्ब ७३ करोड पुगेको हो ।
अघिल्लो वर्ष यस्तो कर्जा ५.८ प्रतिशत २ खर्ब ७६ अर्ब ९४ करोडले बढेको थियो । यस्तै, गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो ।
केन्द्रीय बैंककाअनुसार समीक्षा वर्षमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.६ प्रतिशतले, विकास बैंकहरूको ६.१ प्रतिशतले र वित्त कम्पनीहरूको ८.४ प्रतिशतले बढेको हो । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६४.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०८१ असार मसान्तमा योअनुपात क्रमशः ६६.५ प्रतिशत र १३.२ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०८१\८२ मा बैंक तथा वित्तीय संस्थाहरूको औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७ं.९ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.४ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १२.८ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा ७.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५६.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ५१.१ प्रतिशतले, हायर पर्चेज कर्जा ३.७ प्रतिशतले र डिमान्ड तथा चालु पुँजी कर्जा १३.२ प्रतिशतले बढेको छ । यता गत आथिक वर्षमा कृषि क्षेमा जाने कर्जा भने बढ्न सकेको छैन । गत वर्ष कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले घटेको छ । साथै, ओभरड्राफ्ट कर्जा पनि १०.४ प्रतिशतले घटेको छ ।






About Us
प्रतिक्रिया