काठमाडौं – हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले भदौ १५ गतेदेखि ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले आफ्नो पहिलो बन्दमुखि योजना एचएलआई लार्ज क्याप फण्ड निष्काशनमा ल्याउने भएको हो ।
कम्पनीले प्रति इकाइ १० रुपियाँ अंकित दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० करोड इकाइमध्ये बीज पुँजीबापत ५० प्रतिशत अर्थात् २ अर्ब रुपियाँ बराबरको २० लाख इकाइ कोष प्रवर्द्धक हिमालयन लाइफ इन्स्योरेन्सलाई सुरक्षित गरी बाँकी न्यूनतम २ अर्ब रुपैयाँ बराबरको २० करोड इकाइ सर्वसाधारणका लागि निष्काशनमा ल्याउन लागेको हो ।
लगानीकर्ताले यस योजनाको इकाइ खरिदका लागि भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेको खण्डमा भदौ २९ गतेसम्म म्याद थप हुनेछ ।
सो फन्डमा आवेदन दिदा न्यूनतम १०० इकाइ र अधिकतम चार करोड इकाइ सम्मका लागि आवेदन दिन सकिनेछ । तर, न्यूनतम इकाइ बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र आवेदकहरुको रकम फिर्ता गरिनेछ । इकाइ बाँडफाँटको मितिले १० वर्ष अवधि रहेको यस योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक भने हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको कम्पनीले जनाएको छ ।



About Us
प्रतिक्रिया