बैंकहरुले प्रोभिजनका लागि छुट्याए ७४ अर्ब


काठमाडौं – बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ मा जोखिम व्यवस्थापन (प्रोभिजन) का लागी ७४ अर्ब बढी रकम छुट्याएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७४ अर्ब १५ करोड रकम प्रोभिजनका लागी छुट्याएका हुन् । राष्ट्र बैंकले गरेको असल कर्जामा गरिने नोक्सानी व्यवस्था प्रोभिजन सम्बन्धी नयाँ व्यवस्था गरेको थियो जसकाण वैशाक महिनासम्म लगातार बढ्दो प्रोभिजनमा केही कमी आएको हो ।

असल कर्जामा कर्जा नोक्सानी व्यवस्था घटाएर बैंक तथा वित्तीय संस्थाले असल वर्गमा वर्गीकरण भएको कर्जामा १.१ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गरे हुने व्यवस्था छ । यसअघि असल वर्गमा वर्गीकरण भएको कर्जामा १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था थियो । राष्ट्र बैंकले प्रोभिजनिङ्गसम्बन्धी व्यवस्थामा हेरफेर गर्दा बैंकहरुको प्रोभिजन केही घटेको छ । गत आर्थिक वर्षमा सबैभन्दा धेरै प्रोभिजन छुट्याउने बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १६ अर्ब ८२ करोड प्रोभिजनका लागि छुट्याएको हो।

यस्तै, दोस्रोमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले ६ अर्ब ९२ करोड प्रोभिजनका लागि छुट्याएको छ । यसैगरी, नेपाल बैंकले ६ अर्ब ८७ करोड प्रोभिजनिङ्गका लागी छुट्याएको छ । साथै, राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ९४ करोड, लक्ष्मी सनराइज बैंकले ५ अर्ब ८ करोड, ग्लोबल आईएमई बैंक ४ अर्ब ३० करोड, कुमारी ३ अर्ब ७५ करोड, कृषि विकास बैंकले ३ अर्ब ५२ करोड, नबिल बैंकले ३ अर्ब २७ करोड, प्रभु बैंक ३ अर्ब १७ करोड, सानिमा ३ अर्ब ६ करोड प्रोभिजनका लागि छुट्याएका छन्।

यस्तै, सिटिजन्स बैंक २ अर्ब ९० करोड, नेपाल एसबीआई बैंकले २ अर्ब ८० करोड, एनएमबि बैंक १ अर्ब ९१ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब ४१ करोड, सिद्धार्थ बैंकले १ अर्ब ३१ करोड, माछापुच्छ्रे बैंकले ९४ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १२ करोड, एभरेष्ट बैंकले ६ करोड रुपैयाँ प्रोभिजनका लागी छुट्याएका छन् ।