काठमाडौं – आर्थिक वर्ष २०८१/८२ सम्ममा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुकाे चुक्ता पुँजी ५० अर्ब रुपैयाँ नाघेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेकाे तथ्यांकअनुसार गत आवको तथ्यांकमा ५० अर्ब ३४ करोड रुपैयाँ नाघेको देखिएको हो।विकास बैंकहरूकाे चुक्ता पुँजी अघिल्लो आवकाे तुनामा झन्डै साढे अर्ब रुपैयाँ बढी हो । गत आर्थिक वर्ष २०८०/८१ मा विकास बैंकहरुको चुक्ता पुँजी ४२ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।
त्यसैगरी, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ६ अर्ब ६५ करोड रुपैयाँ, ज्योति विकास बैंकले ६ अर्ब २९ करोड रुपैयाँ, महालक्ष्मी विकास बैंकको ४ अर्ब २९ करोड रुपैयाँ, लुम्बिनी विकास बैंकको ६ अर्ब ६० रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ३ अर्ब ५५ करोड रुपैयाँ, कामना सेवा विकास बैंकको ५ अर्ब ३१ करोड रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकको १ अर्ब २१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

एक्सेल डेभलपमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ, सप्तकोशी विकास बैंकको चुक्ता पुँजी ४८ करोड रुपैयाँ, सिन्धु विकास बैंकको ४७ करोड रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ७३ कराेड रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको ६२ करोड, कर्णाली विकास बैंकको ५० करोड रूपैयाँ, साल्पा डेभलपमेन्ट बैंकको ३५ करोड रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंकको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुगेको छ ।



About Us
प्रतिक्रिया