लाईफ इन्स्योरेन्स कर्पोरेशनको अध्यक्षमा पटनायक


काठमाडौं – लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को सञ्चालक समितिको अध्यक्षमा रत्नाकर पटनायक नियुक्त भएका छन् ।

कम्पनीको गत साउन २८ गते बसेको सञ्चालक समितिको १४३ औं बैठकको निर्णयअनुसार पटनायक सो पदमा नियुक्त भएका हुन् ।