प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ ।

यससँगै आज चाँदी तोलामा २३ सय १० रुपैयाँ कायम भएको छ। हिजो चाँदी २२ सय ९० रुपैयाँमा किनबेच भएको थियो।