धौलागिरी लघुवित्तको सञ्चालकमा नेपाल नियुक्त 


काठमाडौं – धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सन्जिता नेपाल नियुक्त भएकी छिन् । संस्थाको सर्वसाधारण शेयरधनीहरुको समुहतर्फको रिक्त रहेको सो पदमा उनी नियुक्त भएकी हुन् ।

संस्थाको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारण सभाबाट अनुमोदन हुने गरी सो पदमा नेपाललाई नियुक्त गरेको छ । सीए नेपाल हाल नेपाल चार्टर्ड एकाउण्टेन्टस संघकी महासचिव समेत हुन् ।