प्रोटोन नेपाललले पोखरामा १० वटा इमास–७ को सामूहिक हस्तान्तरण गर्यो


पोखरा – नेपालमा प्रोटोन मोटर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा ग्राहकहरूलाई १० वटा प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभीको सामूहिक हस्तान्तरण गरेको छ । हस्तान्तरण समारोहमा प्रोटोन मलेसिया र जगदम्बा मोटर्सका वरिष्ठ व्यवस्थापन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। छोटो समयमा नै नेपालको विद्युतीय सवारीसाधन बजारमा प्रोटोनले आफ्नो राम्रो स्थान बनाउन सफल भएको छ।

पोखरामा आयोजित उक्त कार्यक्रमले प्रोटन इमास–७ प्रति ग्राहकहरूको अपार विश्वास देखिएको छ, जो पूर्ण रूपमा विद्युतीय एसयूभी हो, जसले स्टाइल,प्रदर्शन, अत्याधुनिक प्रविधि, दीर्घकालीन कम खर्चालु र ग्राहकहरूको आत्मसन्तुष्टिलाई ध्यानमा राखेको देखिन्छ। 

सो अवसरमा बोल्दै जगदम्बा मोटर्सका सिनियर भाइस प्रेसिडेन्ट श्री राजु भेटवालले भने, आजको सामूहिक सवारी हस्तान्तरण केवल कारको हस्तान्तरण मात्र होइन, यो विश्वासको उत्सव हो । पोखरावासीहरूले यातायातको भविष्यलाई अँगालेका छन् र स्वच्छ तथा स्मार्ट यातायाततर्फको यस यात्रामा प्रोटन नेपाल सहभागी हुन पाएकोमा गर्व गर्छ । यो त (हरित नेपाल) ग्रिनर नेपालको दिशामा हाम्रो यात्राको सुरुवात मात्र हो।

प्रोटन इमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर, गाडी भित्र प्रशस्त स्थान, उन्नत सुरक्षा प्रविधि तथा उद्योगमै सबैभन्दा बढी ८ वर्षको ब्याट्री वारेन्टीसहितका प्रिमियम विशेषताले देशभरका ग्राहकको मन जित्न थालिसकेको छ। अब पोखराका ग्राहकहरू उत्सर्जन(रहित सवारीको सुखद अनुभव गरिरहेकै प्रोटन समुदायमा सहभागी हुँदैछन्।

उक्त हस्तान्तरण कार्यक्रमले प्रोटोन ग्राहकहरूको सेवामा समर्पित छ भन्ने दर्साउने कम्पनीको दाबी छ । प्रोटोनका सवारी खरिदमा आकर्षक फाइनान्सिङ योजना, भरपर्दो आफ्टर सेल्स सपोर्ट र विद्युतीय सवारी साधनको स्वामित्वलाई सहज र लाभदायक बनाउने जस्ता योजना समावेश छन्। प्रोटन नेपालले देशभर शोरूम र सेवा सञ्जाल विस्तार गर्दै आफ्नो उपस्थिति फैलाउँदै जाँदा, कम्पनीको ध्यान अझ धेरै नेपाली परिवार र व्यवसायहरूलाई आत्मविश्वासका साथ विद्युतीय सवारीतर्फ रूपान्तरण गर्न सहज बनाउनेतर्फ अग्रसर छ।