नाडा अटो शोः उड्ने कारले तान्यो दर्शक, अटो व्यवसायीलाई गाडी सार्वजनिक गर्ने अवसर 


काठमाडौं – नाडा अटोमोबाइल्स एशोशिएसन नेपाल (नाडा) ले आयोजना गरेको नाडा अटो शो २०२५ मा अवलोकनकर्ताको भिड लागेको छ । अटो शो सुरु भएको पहिलो दिनमा नै अवलोकनकर्ताको घुइँचो लागेको हो । १६ वर्षदेखि लगातार रूपमा हुँदै आएको नाडा अटो शो यो वर्ष भदौ ३ गतेदेखि सुरु भएको यस सो भदौ ८ गतेसम्म चल्नेछ । यसपटकको नाडा अटो शोमा राखिएको ‘उड्ने कार’ ले दर्शकको ध्यान खिचेको छ।

यस प्रदर्शनीमा चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनका नयाँ मोडेलहरू, पार्टपुर्जा, टायर, ब्याट्री र अन्य एसेसरिजहरू राखिएका छन् । गाडी खरिद प्रक्रियालाई सहज बनाउन बैंक तथा बीमा कम्पनीले आकर्षक छुट र योजना सहित सहभागिता जनाएका छन् ।

यो पटकको नाडा अटो शोमा इलेक्ट्रिक भेहिकल बढी देखिएको छ । अटो शोमा बीवाईडी एटो–टू, सुजुकीको ई–भिटारा, टाटा टियागो ईभी नयाँ रङमा, फोटोन जी सेभेन, नामी नयाँ एसयुभी ‘भिगो’ लगायतका नयाँ गाडीहरू सार्वजनिक भएका छन् ।