‘नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन २०८२’अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण सम्पन्न


काठमाडौं –‘नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन  २०८२’ केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक डा.मनोज कुमार केसीसहितको मूल्याङ्कन टोलीबाट जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुगमन तथा निरीक्षण भएको छ ।

निरीक्षण क्रममा परिसरमा रहेका भौतिक पूर्वाधारहरूको अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धानमा अपनाएका रणनीति र प्राप्त उपलब्धिहरू, श्रोत साधनहरूको उपयोग र व्यवस्थापन, प्राविधिक तथा सूचना–प्रविधि सम्बन्धी प्रयोग, मानव स्रोतको क्षमता अभिवृद्धि र व्यवस्थापन, प्रशासनिक दक्षता तथा आन्तरिक नियन्त्रण प्रणाली लगायतका पक्षमा जानकारी लिइएको थियो। 

साथै, विपद् व्यवस्थापन न्यूनीकरण, अपराध अनुसन्धानमा अपनाइने नविनतम् प्रविधि, समुदाय–प्रहरी साझेदारी, अपराध निवारणका लागि सञ्चालन भइरहेका जनचेतनामूलक कार्यक्रम तथा पीडित मैत्री सेवाहरूको अवस्थाबारे पनि प्रत्यक्ष अवलोकन गरिएको थियो ।

अनुगमन तथा निरीक्षण पश्चात्, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले परिसरको वर्तमान शान्ति सुरक्षाको अवस्था, जिल्लाको अपराध अनुसन्धानका प्रकृति र प्रवृत्ति  सञ्चालनमा रहेका कार्यक्रम, विगतमा हासिल उपलब्धिहरू तथा आगामी योजनाहरू सम्बन्धी विषयमा प्रस्तुतीकरण दिएका थिए  ।

 उनले सङ्गठनात्मक सुधार, भौतिक पूर्वाधार सुदृढीकरण, जनशक्ति क्षमता अभिवृद्धि, प्रविधि–मैत्री सेवा विस्तार लगायतका विषयलाई विशेष प्राथमिकताका साथ अघि बढाई रहेको जानकारी समेत दिए ।