एनआईसी एशिया लघुवित्तको समिक्षा बैठक तथा कर्मचारी तालिम सम्पन्न


काठमाडौं – एनआईसी एशिया लघुवित्तले प्रगति समिक्षा र रणनितिक योजना बैठक सम्पन्न गरेको छ । सोमबार र मंगलबार २ दिन चलेको बैठकमा अनुगमन अधिकृत र कर्जा असुली अधिकृतहरुको सीप, क्षमता अभिवृद्धिका लागि तालिम पनि प्रदान गरिएको थियो । संस्थाको वार्षिक कार्यक्रमअनुसार सञ्चालित बैठकमा सातै प्रदेशकाप्रमुख, ३१ अनुगमन अधिकृत, ९ कर्जा असुली अधिकृत लगायतका ४७ कर्मचारीले तालिम प्राप्त गरेका छन् ।

काठमाडौंमा सञ्चालन गरिएको कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष प्रकाश राजशर्माले देश विदेशमा सञ्चालनमा रहेका लघुवित्त संस्थाहरुले गरेका राम्रा अभ्यास, लघुवित्त क्षेत्रमा आइ परेका समस्याहरु र कर्जा गुणस्तर कायम गर्न चाल्नुपर्ने असुली रणनीति बारे जानकारी प्रदान गरेका थिए भने सञ्चालक सदस्य बलराम पौडेलले शाखामा प्रभावकारी अनुगमन गर्न चाल्नुपर्ने कदम तथा तौर तरिका, सिद्धान्त आदिका बारेमा उदाहरणहरु दिई कर्मचारीहरुलाई उत्प्रेरितगरेका थिए ।

विभिन्न विभागका विभागीय प्रमुखहरुले दैनिक कार्य सञ्चालनलाई प्रभावकारी कार्यान्वयनगर्न देखा परेका समस्या तथा त्यसको समाधानका लागि चाल्नु पर्ने आवश्यक कदमका बारेमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । कार्यक्रमगत आर्थिक वर्षको कार्य प्रगतिको समीक्षा गर्नुका साथै चालु आवको लागि राखिएका लक्ष्य हासिल गर्नको लागि आवश्यक रणनीति तर्जुमा गर्दै सम्पन्न भएको थियो ।