बैंकिङ्ग निक्षेप २ अर्बले बढ्यो, अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत


काठमाडौं – बैंकिङ्ग प्रणालीको निक्षेप २ अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकको साउन ३० र ३१ गतेको तथ्यांकमा बैंकिङ्ग निक्षेपमा २ अर्बको वृद्धि देखिएको हो । 

साउन ३० गतेसम्म बैंकिङ्ग प्रणालीमा ७२ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भोलिपल्ट ७२ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । सो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढ्दै ६४ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा निक्षेप बढ्दा बैंकिङ्ग प्रणालीको कर्जा लगानी भने स्थिर रहेको छ । सो अवधिमा बैंकिङ्ग प्रणालीबाट ५५ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी भएको छ । यस्तै, सो अवधिमा वाणिज्य बैंकहरुले ४९ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर २ दशमलव ७५ प्रतिशत रहँदा सिडी रेसियो ७६ दशमलव १८ प्रतिशत रहेको छ ।