लगातार घट्दै सुनको मूल्य, ३ दिनमा ३५ सय रुपैयाँको गिरावट


काठमाडौं – अघिल्लो साता लगातार बढ्दै कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्यमा केही दिनयता गिरावट देखिएको छ। आइतबार देखि बुधबारसम्म सोमबार बाहेक अन्य दिन घटेको सुनको मूल्यमा ३ दिनमा ३५ सय रुपैयाँको गिरावट देखिएको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनकाे मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २२ सय ५५ रुपैयाँ कायम भएको छ। मगलबार चाँदी २३ सय रुपैयाँमा किनबेच भएको थियो।