जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने समय थप


काठमाडौं – जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने समय थपेको छ । कम्पनीले साउन १५ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने समय थपेको हो ।

कम्पनीले निष्काशन हकप्रद शेयरमा पर्याप्त आवेदन नपरेसँगै अवधि थप गरेको बताएको छ । कम्पनीले भदौ १९ गतेसम्मका लागी आवेदन दिन सक्नेगरी समय थपेको हो । कम्पनीले असार ७ गतेसम्म कायम शेयरधनीहरूका लागि १ बराबर ०.६५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २४ लाख १४ हजार १०० कित्ता शेयर निष्कासन गरिरहेको छ।