काठमाडौं– १७ औं संस्करणको नाडा अटो शो २०२५ आजदेखि काठमाडौंमा भएको छ । शोमा आफ्नो व्यवसायको मुख्य हिस्सा ओगटेको सवारी क्षेत्रमा कर्जा प्रवाह बढाउने लक्ष्यसहित बैंकहरुले आर्कषक कर्जा योजनाका साथ उपस्थिति जनाएका छन् ।
शोमा आफ्नो स्टल नै राखेर वाणिज्य बैंकरुले उपस्थिति जनाएका हुन् । शाेमा नबिल, हिमालयन, लक्ष्मी सनराइज, एनएमबि, सानिमा, ग्लोबल आईएमई, कृषि विकास लगायतका वाणिज्य बैंकहरू सहभागी भएका छ्न् ।







नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित शोमा चिनियाँ कम्पनी चांगन र इह्याङको सहकार्यमा निर्माण गरिएको उड्ने कार र युनिट्रीको अटोनोमस रोबोट मुख्य आकर्षण रहेका छन्। प्रदर्शनीमा टेस्ला, टाटा, सुजुकी, बीवाईडी, हार्ले डेविड्सनलगायत १०० भन्दा बढी ब्रान्डका सवारीसाधन, पाट्र्स, उपकरण र वित्तीय सेवाहरू समावेश छन्। दैनिक १०ः३० देखि ७ बजेसम्म सञ्चालन हुने यो शो अवलोकन गर्न एक लाखभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ।






About Us
प्रतिक्रिया