नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा राष्ट्र बैंक पूर्व कार्यकारी निर्देशक घिमिरे


काठमाडौं – नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् । उनी २०८२ भदौ ०१ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णयअनुसार अध्यक्षमा नियुक्त भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थसास्त्रमा एमफिल, अर्थसास्त्रमै एम.ए र एम.पी.ए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका हुन् ।

उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ्ग एवं अनुसन्धानलगायत अन्य विभागमा कार्य गरेका छन् ।