काठमाडौं – हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको भदौ २ गते बसेको २१५ औँ बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँको १२.६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमा १२ प्रतिशत बोनस शेयर र (कर प्रयोजनार्थ) नगद लाभांश ०.६३२ प्रतिशत रहेको छ । साथै, कम्पनी प्रस्तावित लाभांश पारित गर्न सिफारिस सहित आगामी वार्षिक साधारण सभा समक्ष पेस गर्ने निर्णय गरेको छ ।






About Us
प्रतिक्रिया