भनिन्छ नि, कडा मिहिनेत गर्न सके सफलता प्राप्त गर्न सकिन्छ । मिहिनेतबिना सफलता पनि प्राप्त हुँदैन । यो भनाइसँग मञ्जुश्री फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिना पनि सहमत छन् । तिमिल्सिना जसले दृढ इच्छाशक्ति, उच्च लगनशीलता, कर्मप्रतिको प्रेम र इमानदारिताका साथ लघुवित्त कम्पनीको सहायक पददेखि विकास बैंक, दुई वाणिज्य बैंक, बीमा कम्पनीमा विभिन्न तहको अनुभव लिँदै फाइनान्स कम्पनीको सीईओको जिम्मेवारी समेत सम्हालिसकेका छन् । उनका लागि कुनै पनि विषय सहज नभएको पनि असम्भव पनि छैनन् ।
वाणिज्य बैंकको वरिष्ठ म्यानेजरसम्म रहेर काम गरिसकेका उनले करिब २ वर्षदेखि मन्जुश्री फाइनान्सको सीईओको जिम्मेवारी सम्हालिरहेका छन् । उनी सीईओ बनेसँगै संस्थाको वित्तीय सूचकमा पनि सुधार देखिएको छ । अझ भनौँ, उनले संस्थालाई प्राय सबै वित्तीय सूचकमा अब्बल बनाएका छन् ।

सुदूरपश्चिम प्रदेश अछाम जिल्लामा रहेको तिमिल्सैन गाउँको घर हाल प्रायजसो खाली नै छन् । पछिल्लो समय बसाइसराइ र वैदेशिक रोजगारीका लागी गएकाहरू उतै बस्नै प्रचलनले तिमिल्सिना गाउँमा वृद्धवृद्धा मात्रै धेरै भेटिन्छन् । जसमाथि पनि पहाडबाट बसाइ सरेर तराई झर्ने प्रचलनले गाउँमा मानिस कम हुँदै छन् । यस क्रममा सोही गाउँले जन्माएको तेजराज तिमिल्सिना यतिबेला मञ्जुश्री फाइनान्सको सीईओको जिम्मेवारीमा छन् । उनका बुबा व्यवसायी थिए । जसका कारण पनि उनीहरू धेरै समय अछाममा बसोबास गरेनन् । उनी कक्षा ७ मा पढ्दा नै उनीहरू बसाई सरेर कैलाली पुगे।

उनले टिकापुरकै हालको विरेन्द्र विद्या मन्दीरबाट हाइ स्कुल पास गरे । त्यसपछि उनले नेपालगन्ज महेन्द्र क्याम्पसबाट कमर्स विषयमा आइकम गरे । आइकम सकिएसँगै उनी काठमाडौं आएर नेपाल मिनभवन क्याम्पसबाट बिकमर्स गरे । सुदूरपश्चिममा जन्मिएका उनी सानोमा पढाइमा रुचि राख्ने गर्थे ।
यसरी सुरु भयो जागिरे जीवन
सीईओ तिमिल्सिनाले मिनभवन क्याम्पसबाट बिकमर्स गर्दै गर्दा जागिर सुरु गरेका हुन् । उनले कमर्स विषय लिएर पढेको कारण पनि जागिर गर्न अन्य क्षेत्र भन्दा बैंकिङ्ग मै लागेको उनको भनाई छ । जब उनी विकमर्सको लागी काठमाडौंमा थिए सो समयमा धनगढीमा पहिलो पटक ग्रामीण माइक्रो फाइनान्स सञ्चालनमा आयो । नयाँ संस्था खुलेसँगै कम्पनीले जागिर खुलाएको थियो । उनले पनि त्यहाँ आवेदन दिए । उनले त्यहाँ खुल्ला प्रतिस्पर्धाबाट पनि एक नम्बरमै नाम निकाले र जागिरे जीवन सुरु गरे।
पहिलो संस्थामा उनले लामो समय भने काम गरेनन् । उनले जागिर परिवर्तन गरे पनि पढ्ने सोच भने परिवर्तन नगरी जागिर र पढाइलाई सँगसँगै लगे ।
उनी कैलालीको टिकापुर बस्ने भएकाले जागिर घरनजिक हुने सोचे । उनको नाम निस्किएपछि पढाइलाई निरन्तर लैजाने गरी धनगढी हानिए । उनले एमबिएस भने धनगढीबाट नै गरेका हुन् । उनी धनगढीबाट एमबिएस गर्ने पहिलो ‘ब्याच’को विद्यार्थी समेत हुन् । पहिलो संस्थामा उनले लामो समय भने काम गरेनन् । उनले जागिर परिवर्तन गरे पनि पढ्ने सोच भने परिवर्तन नगरी जागिर र पढाइलाई सँगसँगै लगे ।

ग्रामीण विकास बैंकमा काम गरेपछि मालिका विकास बैंकमा काम सुरु गरे । मालिकाले एक जना अधिकृत पदकालागि माग गरेको थियो । जसमा धेरैले आवेदन दिँदा पनि छनोट उनी भए । उनले मालिका विकास बैंकसँगै एक विकास बैंकमा पनि काम गरेका थिए । उनले बैंक तथा वित्तीय संस्थासँगै इन्स्योरेन्स कम्पनीमा पनि काम गरेका छन् । मालिका विकास बैंकमा काम गर्दागर्दै उनलाई बीमा कम्पनीमा पनि अनुभव सँगाल्न मन लाग्यो र एलआईसी नेपालमा प्रवेश गरे । एलआईसी नेपाल काठमाडौं शाखाको प्रबन्धकको रुपमा त्यहाँ उनले करिब १ वर्ष काम गरे र पुन मालिका विकास बैंकमा फर्किए ।
उनले क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन् । सिद्धार्थ बैंकमा करिब एक दशक लामो समय काम गरेका छन् भने सिद्धार्थपछि एनआईसी एशियामा करिब ६ वर्ष काम गरेका हुन् । २१ वर्षको उमेरदेखि नै जागिरे जीवन सुरु गरेका उनले जागिरे जीवन सुरु गरेको तीन दशक भइसकेको छ ।
प्रहरी बन्ने तयारी, बने बैंकर
बी कम गर्दै गर्दा नेपाल प्रहरीमा परीक्षा दिएका थिए । त्यो परीक्षा उत्तीर्ण पनि गरे । तर, घरपरिवारमा भने प्रहरीको जागिर नगर्न सुझाव थियो । त्यसमा पनि आफूलाई पनि बढी चासो नभएपछि त्यता छाडेको उनी बताउँछन् ।
परिवारमा यो क्षेत्रमा काम गर्ने भनी परिवारमा सल्लाह दिने मान्छे नहुँदा पनि आफू यो तहमा आइपुग्दा कामप्रति सन्तुष्ट भएको उनी बताउँछन् । उनी सानो छँदा सबैसँग मिल्ने स्वभावका थिए । जुन स्वभावका कारण पनि उनलाई जागिरे जीवनमा सहज भएको उनी बताउँछन् ।
उनका साथी सर्कलमा सरकारी जागिरेदेखि नेपाल राष्ट्र बैंकमा काम गर्नेहरू थिए । एमए गर्दा ३ जना मात्रै पास भएकोमा उनी पनि परेका थिए । जसले पनि उनी पढाइमा अब्बल रहेको देखिन्छ । उनी मेहनत गरेर अघि बढ्नुपर्ने बताउँछन् । वैदेशिक रोजगारी अथवा विदेश जाने लहरमा उनी चिन्तित देखिन्छन् । नेपालमा नै पनि सम्भव रहेको बताउँछन् ।
ग्रोथका लागि संस्था परिवर्तन
सीईओ तिमिल्सिनाको तीन दशक लामो अनुभवले व्यक्तिको करिअर ग्रोथका लागी संस्था परिवर्तन आवश्यक रहेको देखाउँछ । उनले यो अवधिमा करिब ५ वटा संस्था परिवर्तन गरिसकेका छन् । ‘संस्था परिवर्तन नभएसम्म करिअर ग्रोथ हुँदैन भन्ने देखियो’ उनी भन्छन्, ‘संस्था परिवर्तन गरेर नयाँ कम्पनीमा गयौँ भने नयाँ काम गर्ने जोस आउँछ, त्यसले आफ्नो करिअरमा पनि सहयोग गर्छ ।’ उनले नयाँ कम्पनीमा काम गर्दा नयाँ सम्बन्ध बिस्तार हुने, आत्मविश्वास बढ्दा उच्च तहको जिम्मेवारी वहन गर्न सक्ने क्षमता पनि बढ्ने बताउँछन् ।

आफ्नो करियर वाणिज्य बैंक प्रवेश गरेपछि भएको उनको निष्कर्ष छ । सिद्धार्थ बैंक प्रवेश गरे पनि आफ्नो करिअरले अर्को मोड लिएको उनको बुझाई छ । उनी काम कुनै पनि सहज नहुने भन्दै हालको पुस्ता धेरै मेहनत गर्न नरुचाउने गरेको बताउँछन्। हाल उनको परिवारमा आमा, श्रीमती र दुई छोरा छन् ।
उनी घरका एक्ला छोरा हुन् । उनको एउटी दिदी र एक बहिनी छिन् । उनका बुबाको भने उनी ११ वर्षको हुँदा नै निधन भइसकेको थियो । जसकारण पनि उनले सानो छँदादेखि नै जागिर सुरु गर्न पुगे । उनी कामप्रति खुसी हुनुपर्ने बताउँछन् । आफूले गर्नुपर्ने कामलाई माया नगरे सफलता प्राप्त गर्न कठीन हुने उनकाे धारणा छ ।






About Us
प्रतिक्रिया