व्यावसायिक कारोबारका लागि व्यक्तिगत क्युआर प्रयोग गर्नु गैरकानूनी


काठमाडौं – नेपाल राष्ट्र बैंकले व्यावसायिक कारोबारको क्युआरमार्फत भुक्तानी गर्दा र लिँदा व्यक्तिगत क्युआरमा भुक्तानी गर्नु/गराउनु गैरकानुनी रहेको बताएको छ । केन्द्रीय बैंकको । वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो गर्न नहुने बताएको हो ।

केन्द्रीय बैंकले व्यावसायिक क्युआरमा भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने, रकम सिधै व्यापारीको खातामा जाने, कारोबार सुरक्षित र प्रमाणित हुनुका साथै कर प्रणालीमा पारदर्शिता र राष्ट्रको विकासमा सहयोग पुयाउँने बताएको छ । यता व्यक्तिगत क्युआर स्क्यान गर्दा अतिरिक्त शुल्क लाग्ने, रकम सिधै व्यक्तिगत खातामा जाने, भुक्तानीकर्ताको पैसा अनौपचारिक क्षेत्रमा जान सक्ने बताएको छ । राष्ट्र बैंकले सचेत ग्राहक बन्दै सुरक्षित कारोबार गर्नुपर्ने बताएको छ ।