मेडिकल व्यवसायी दुर्गा प्रसाईंद्वारा राजनीतिक दल खोल्ने घोषणा


काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। सोमबार उनले पत्रकार सम्मेलनमार्फत आफूले दल खोल्न लागेको बताएका हुन्। प्रसाईंले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन् ।

उनले आफू राजनीति गर्ने मान्छे नभएपनि परिस्थितीले गर्नुपर्ने बाध्यता भएको बताए । आफूले अभियान मात्रै चलाउँदा विभिन्न किसिमका अवराेध भएपछि आफू यो निष्कर्षमा पुगेको प्रसाईंकाे दावी छ ।