काठमाडौं । नेपाल इन्स्योरेन्सको हकप्रद (राइटशेयर) मा आवदेन दिने समय आजदेखि सकिने भएको छ । कम्पनीले १०ः३.४७ अनुपातमा आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुलाइरहेको छ । यही हकप्रद शेयरमा आवेदन दिने समय आज सकिने भएको हो ।
इन्स्योरेन्सले जेठ ३० गते अघिसम्म शेयरधनी कायमहरुलाई हकप्रद बिक्री गरिरहेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद बिक्री खुलाएको हो ।
साउ ६ देखि बिक्री खुलेको हकप्रदमा लगानीकर्ताले भदौ २ गते अर्थात आजसम्म मात्रै आवेदन दिन सक्नेछन् ।





About Us
प्रतिक्रिया