नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा किरण पौडेल


काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा किरण पौडेल नियुक्त भएका छन् । साउन २९ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्यसमेत रहेका उनले कम्पनीको आगामी साधारणसभासम्मका लागि सञ्चालक पदमा रहेर काम गर्नेछन् ।