विदेशमा १७ वर्षको अनुभवपछि नेपालमै ‘सास ट्रेडर्स’ सञ्चालन : गुणस्तर र विश्वासिलो सेवाको नयाँ गन्तव्य


काठमाडौं – झन्डै १७ वर्ष दुबईको खुद्रा तथा वित्तीय संस्थामा वरिष्ठ व्यवस्थापकको रूपमा काम गरी व्यापार सञ्चालन, ग्राहक सम्बन्ध तथा ब्रान्ड व्यवस्थापनमा अनुभव कमाएका उद्यमी श्रवण कुमार पौड्यालले नेपाल फर्किएर कम्पनी स्थापना गरेका छन्। अनुभवी व्यवसायी पाैड्यालले नेपाल फर्किएर सास ट्रेडर्स (स्मार्ट एप्रोच फर एब्सोलुट सोलुसन्स) स्थापना गरेका हुन्।

कम्पनीले निर्माणसँग सम्बन्धित समस्या जस्तै: पानी चुहावट, सिपेज, ओस, चिस्यान तथा क्षति, समाधान गर्ने उच्च गुणस्तरीय सामग्री र निर्माण उपकरण उपलब्ध गराउँदै आएको छ । सञ्चालक पौड्यालले भने,’मैले कम्पनी मार्फत विश्वासिलो उत्पादनहरू जस्तै, अमेरिकी, इन्डाेनेसिएन, थाइ लगायतका उपलब्ध गराउँदै आएकी छुँ । जुन उत्पादन ग्राहकलाई सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छु।’

उनकाअनुसार दिगो र सुरक्षित निर्माणका लागि सही सामग्री र उपकरणको प्रयोग अत्यावश्यक हुन्छ। ‘हामी विश्वास गर्छौं,सही निर्माणको सुरुवात सही सामग्री र उपकरणबाट हुन्छ,’ पाैड्यालले भने । यससँगै, कम्पनीले प्रीमियम बाथरुम र भान्साघरका फिटिङ समेत उपलब्ध गराएको छ । पाैड्यालले सास ट्रेडर्सकाे ध्येय सही ब्रान्ड प्रयोग गर्ने, सही गुणस्तर सुनिश्चित गर्ने र ग्राहकलाई उचित मूल्यमा उपलब्ध गराउने रहेको बताए।

कम्पनीसँग सम्बन्धि थप जानकारी SAAS Traders – Smart Approach for Absolute Solution | Facebook बाट लिन सकिन्छ ।