काठमाडौं – नेपाल प्रहरीका ३१औँ महानिरीक्षक दिपक थापाको कार्यकाल सकिन लागेको छ । प्रहरीको विद्यमान ऐनअनुसार ३० वर्षे सेवा अवधि पुरा भएपछि महानिरीक्षक थापाको कार्यकाल सकिन लागेको हो । प्रहरी महानिरीक्षक दिपक थापा अबको १७ दिनमा अनिवार्य अवकाशमा जानेछन्। साथै, उनीसहित अन्य तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक समेत सोही दिनदेखि अवकाशमा जानेछन् । उनीहरू ४ जना नै प्रहरीको विद्यमान ऐनअनुसार ३० वर्षे सेवा अवधि पूरा गरेर भदौ १८ मा अवकाश हुँदैछन् ।
थापासँगै एआईजीहरु टेकबहादुर तामाङ र सुदीप गिरी र कृष्णहरि शर्मा पोखरेल अवकासमा जाने भएका हुन् । यीमध्ये पोरखेल भने ५६ वर्षे उमेरहदका कारण भदौ १४ मा नै अवकास हुनेछन् । यसबाहेक, २०८१ को चैत ४ मा सुदिप गिरि र टेकबहादुर तामाङ्ग पन्छाउँदै थापा प्रहरीको ३१औं महानिरीक्षक बनेका थिए । उनी ६ महिने कार्यकाल सकेर यही भदौबाट अवकासमा जान लागेका हुन्।
उनीसहित अन्य तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक समेत सोही दिनदेखि अवकाशमा जानेछन्।
महानिरीक्षक थापाले २०४६ सालमा आईए पास गरेपछि शिक्षण पेसामा आबद्ध भएका उनी स्कुलमा पढाउँदै गर्दा स्थायी शिक्षकमा नाम निकाल्न सफल भएका थिए । शिक्षण पेसामाभन्दा पनि प्रहरी सेवामा लागेर काम गर्ने रुचि भएका कारण उनी २०५२ भदौ १९ मा इन्स्पेक्टर पदबाट नेपाल प्रहरीमा आबद्ध भएका थिए । २०५२ सालको प्रहरीको इन्स्पेक्टर पदमा दोस्रो लटमा थापा, सुदिप गिरि र टेकबहादुर तामाङ्ग प्रवेश भएका थिए । थापासँगै अन्य एआईजी समेत अवकाशमा जाने भएसँगै ३२औँ आईजीपीका लागि प्रतिस्पर्धाको बाटो खुलेको छ । र, यो पदका लागि २०५२ सालकै तेस्रो लटमा नियुक्त भएका चन्द्र कुबर खापुङ अहिले एकल प्रतिस्पर्धामा छन् ।
उनीसँगै तेस्रो लटमा नियुक्त भएका लालमणि आचार्य एआईजीको ५६ वर्षे उमेर हदले अनिवार्य समेत अवकाशमा गइसकेका छन् । खापुङसँगै इन्स्पेक्टरमा नियुक्त भएका अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल पनि एआईजीको ५६ वर्षे उमेर हदका कारण भदौ १४ मै अवकासमा गइसक्नेछन् । जसकारणले गर्दा २०५२ सालमा इन्स्पेक्टर पद नियुक्त भएका एक मात्र प्रतिस्पर्धी खापुङ रहेका छन् ।
शिक्षण पेसामाभन्दा पनि प्रहरी सेवामा लागेर काम गर्ने रुचि भएका कारण उनी २०५२ भदौ १९ मा इन्स्पेक्टर पदबाट नेपाल प्रहरीमा आबद्ध भएका थिए ।
खापुङ आईजीपी भएमा विद्यमान प्रहरी नियमावली अनुसार यसै वर्ष आगामी २६ कात्तिकदेखि अवकासमा जानेछन् । यसअनुसार ६ महिने आईजीपीको कार्यकाल सकिएपछि फेरी २ महिनाका लागि प्रहरीले नेतृत्व पाउनेछ । यसबाहेक, खापुङ आईजीपी बनेको अवस्थामा उनी प्रहरीको इतिहासमै दोस्रो सबैभन्दा कम समय नेतृत्वमा रहने छन् । यदी उनी प्रहरीको आइजी बनेमा २ महिना ९ आईजी बन्ने सम्भावना रहन्छ । यसअघि प्रहरीको इतिहासमा सबैभन्दा कम समयका लागि प्रहरी प्रमुख तोरण शमशेर जबरा बनेका थिए । जबरा २०१२ मा आईजीपी बनेका थिए ।
को हुन खापुङ ?
खापुङ डीआईजी हुँदा कोसी प्रदेशको कमान्ड सम्हालेका थिए । त्यसअघि एसएसपी रहँदा उनले निकै चुनौतीपूर्ण मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालेका थिए । खापुङ प्रहरी संगठनमा इमानदार प्रहरी अधिकृतको रूपमा चिनिन्छन् । उनी अहिलेसम्म कुनै ठुलो विवादमा परेका छैनन्।
खापुङ आईजीपी भएमा एउटै ब्याजमा इन्स्पेक्टरको भूमिकामा प्रहरी प्रशासन छिर्नेहरू मध्येबाटै ३ जना प्रहरीको सर्वोच्च नेतृत्वमा पुग्नेछन् । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुखका रूपमा रहेका उनी अहिलेसम्म इमानदार तथा विवादरहित भएर काम गरी रहेका छन् ।
खापुङ प्रहरी संगठनमा इमानदार प्रहरी अधिकृतको रूपमा चिनिन्छन् । उनी अहिलेसम्म कुनै ठुलो विवादमा परेका छैनन्।
खापुङ आईजीपीका लागि एकल प्रतिस्पर्धामा रहँदा ४ एआईजी पदका लागि ९ जना प्रतिस्पर्धामा रहनेछन् । २०८१ मंसिर र पुसमा एसएसपीबाट डीआईजी बढुवा हुने प्रहरी अधिकृत अब हुने एआईजी बढुवाका दाबेदार हुन् । २०८१ मंसिर मा डीआईजी बढुवा भएका आठमध्ये तीन जना अवकाश भइसकेका छन् । जसले गर्दा सो बेलामा बढुवा हुने ४ जना र पुसमा बढुवा हुने ५ डीआईजी एआईजीका दाबेदार हुन् ।





About Us
प्रतिक्रिया