काठमाडौं –काठमाडौं महानगरपालिका–२२, न्युरोड स्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आइफोनमा ५ प्राितशत र म्याकबुकमा ५ प्राितशतर २० प्राितशत आइफोन र म्याकबुकका एस्सेसोरीजहरुमा छुट पाउने भएका छन र क्रेडिट कार्ड होल्डर हरुलाइ इन्स्ट्रापे स्किम बाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन ।
सो छुट सेवासुविधा जोय स्टोर मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्मा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठको संयुक्त हस्ताक्षर भएको हो ।
त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।



About Us
प्रतिक्रिया