काठमाडौं – नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर पाँच लाखसम्म सटही सुविधा प्रदान गर्ने भएको छ । केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै यस्तो बताएको हो । केन्द्रीय बैंकले चाँदी आयातमा भुक्तानीको सीमालाई परिवर्तन गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले यसअघी चाँदी आयात गर्दा तिन लाख अमेरिकी डलर साट्न पाउने व्यवस्था गरेको थियो । ‘सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर पाँच लाख वा सो बरावरको अन्य परिवत्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ,’ केन्द्रीय बैंकद्वारा जारी परिपत्रमा भनिएको छ, ‘अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बरावरको अन्य परिवत्यं विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने । तर, चाँदीको गरगहना कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई देहायबमोजिम सटही सुविधा प्रदान गर्न सकिनेछ ।’
सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको यकिन गर्नुपर्ने उल्लेख छ । सम्बन्धित वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातकी भुक्तानी लिन वक्यौता नरहेको सम्बन्धी स्वःघोषणा चांदी व्यवसायीसँग लिनुपर्नेछ ।





About Us
प्रतिक्रिया