५० लाखको बीमा क्लेमका लागि आफ्नै मृत्युको नाटक, दाहसंस्कारको रसिदले खुल्यो रहस्य 


काठमाडौं – भारतको राजस्थानको बीकानेरबाट एक अचम्म लाग्दो घटना सार्वजनिक भएको छ । जयनारायण व्यास कोलोनी थाना क्षेत्र बसोबास गर्ने मांगीलाल ज्याणीले  भारु ५० लाखको बीमा क्लेम प्राप्त गर्न आफूलाई कागजमा मृत घोषणा गरेको पाइएको छ ।

उनले बीमा दावीको लागी  बनाएको  दाहसंस्कारको नक्कली रसिद पत्ता लागेपछि उनलाई पक्राउ गरिएको हो । ज्याणीले बीमा कम्पनीबाट ठुलो रकम दाबी गर्ने उद्देश्यले यो चाल चालेका थिए । उनले नक्कली कागजमार्फत आफ्नो मृत्युको नाटक गरेर क्लेमको लागि निवेदन दिए पश्चात् कम्पनीलाई  शङ्का लागेपछि उनीमाथि जाँच सुरु गरिएको थियो ।  

२०२४ अक्टोबरमा हृदयाघातबाट मृत्यु भएको खुलाउँदै उनले रिपोर्ट बुझाएका थिए । प्रहरीले यो घटनामा आरोपीलाई हिरासतमा राखी कारबाही सुरु गरेको छ ।