काठमाडौं – सञ्चालनमा रहेका २० वाणिज्य बैंकले भदौ महिनाका लागी ब्याजदर घटाएर नयाँ सार्वजनिक गरेका छन् । भदौ १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन्।
भदौ महिनाका लागि बैंकहरुले मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२० प्रतिशत घटेर औसत ५.५८ प्रतिशत कायम भएको छ । उता साउनमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.७५ प्रतिशत कायम थियो । यस्तै, मुद्दती निक्षेपमा भदौमा संस्थागततर्फ औसत ३.९६ प्रतिशतमा कायम भएको छ । साउनमा संस्थागततर्फ औसत ४.११ प्रतिशत ब्याजदर थियो ।
भदौ महिनाका लागि विभिन्न ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । ब्याजदर घटाउने बैंकहरुमा कृषि विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक र सानिमा बैंक रहेका छन् । कृषि विकास बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.२० प्रतिशत र संस्थागततर्फ २.८५ प्रतिशत कायम गरेको छ । यस्तै, एभरेष्ट बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ र संस्थागततर्फ ४.७५ प्रतिशत, कुमारी बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.२१ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
यस्तै, नेपाल एसबीआई बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.२५ र संस्थागततर्फ ४.२५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.१३ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत, सिद्धार्थ बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५० प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत र सानिमा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।
यसैगरी, भदौ महिनाका लागी साउनकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरुमा नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईसी एशिया बैंक रहेका छन् । भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेप नेपाल बैंकले ५.४० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.५० प्रतिशत, ग्लोबल आईएमई बैंकले ६ प्रतिशत, प्राइम बैंकले ६ प्रतिशत, सिटिजन्स बैंकले ५.५० प्रतिशत, प्रभु बैंकले ४.२५ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत, एनएमबि बैंकले ६ प्रतिशत, हिमालयन बैंकले ६ प्रतिशत, नबिल बैंकले ५.५० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५.५० प्रतिशत नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.२५ प्रतिशत र एनआईसी एशिया बैंकले ६.२५ प्रतिशत ब्याज दिनेछन् ।





About Us
प्रतिक्रिया