काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
यससँगै आज चाँदी तोलामा २३ सय १० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी २३ सय १५ रुपैयाँमा किनबेच भएको थियो।





About Us
प्रतिक्रिया