बुटवल – रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित कृषि विकास बैंकमा कार्यरत प्रबन्धक शिवशंकर गिरी आफ्नै निवासमा मृत फेला परेका छन् । सल्यानको बागचौर नगरपालिका–८ कोटमौला घर भई हाल उक्त बैंकमा प्रबन्धकका रूपमा कार्यरत ५२ वर्षीय गिरी शनिबार दिउँसो आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार दिउँसो करिब २ बजेर ५० मिनेटतिर गिरी अचेत अवस्थामा फेला परेको सूचना प्राप्त भएपछि प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवको कमान्डमा टोली घटनास्थल पुगेको थियो ।
प्रहरी पुग्दा उनी नबोल्ने अचेत अवस्थामा फेला परेपछि प्रहरीले चिकित्सकको टोलीलाई खबर गरेको थियो । चिकित्सकको टोली आई चेकजाँच गर्दा गिरीको मृत्यु भइसकेको घोषणा गरेको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया