काठमाडौं – गत साताको शुक्रबार मूल्यमा नयाँ रेकर्ड कायम गरेको सुन आइतबार प्रतितोला २ सय रुपैयाँले घट्यो। अघिल्लो कारोबारको दिन शुक्रबार प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भयो ।
आइतबार घटेको सुनको मूल्य सोमबार पनि ११ सय रुपैयाँले घट्दै प्रतितोला १ सुनको मूल्य १ लाख ९८ हजार १ सय रुपैयाँ तोकियो । यस्तै, मंगलबार र बुधबार क्रमशः १३ सय र १ सय रुपैयाँले घट्यो ।
मंगलबार प्रतितोला सुन १ लाख ९६ हजार ८ सय रुपैयाँ र बुधबार १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भयो । बिहीबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्दै १ लाख ९६ हजार ८ सय रुपैयाँ पुग्यो।
साताको अन्तिम कारोबारको दिन प्रतितोला सुनको मूल्य ६ सय रुपैयाँले घट्दै १ लाख ९६ हजार दुई सय रुपैयाँमा कारोबार भयो । समग्रमा यो साता सुनको मूल्यमा ३ हजार रुपैयाँको गिरावट देखिएको छ ।





About Us
प्रतिक्रिया