१४ जीवन बीमा कम्पनीले कमाए ६ अर्ब नाफा, कुनको कति ?


काठमाडौं – गत आर्थिक वर्ष २०८१–०८२ को चौथो अर्थात् अन्तिम त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ६ अर्ब दुई करोड ४७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुले सात अर्ब १७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार १६.०१ प्रतिशतले घटेको देखाएको छ ।

कुनको कति ?

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी मुनाफा आर्जन गरेको छ । कम्पनीले ६० करोड ३२ लाख रुपैयाँ कमाएको छ । आइएमई लाइफले गत वर्ष ५८ करोड ३३ लाख रुपैयाँ मुनाफा कमाएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा ५७ करोड एक लाख रुपैयाँ रहेको छ । हिमालयन लाइफ इन्स्योरेन्सले ५४ करोड ६९ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सले ५४ करोड २४ लाख रुपैयाँ, मेट लाइफ नेपालले ४९ करोड ६१ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले ४२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

त्यस्तै,नेशनल लाइफ इन्स्योरेन्सको खुद नाफा ४१ करोड २८ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको ४० करोड ९३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३७ करोड ७४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ३७ करोड ७४ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३५ करोड दुई लाख रुपैयाँ र एलआईसी नेपालको ३१ करोड ५८ लाख रुपैयाँ खुद नाफा रहेको छ । समिक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले गत वर्षमा दुई करोड आठ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।