काठमाडौं – आइएमई लाइफ इस्न्योरेन्स कम्पनीले गत आथिर्क वर्ष २०८१/८२ मा ५ अर्ब ६ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गर्न सफल भएको छ । अघिल्लो आवमा यस्तो बीमा शुल्क रकम चार अर्ब १ करोड ३९ लाख रुपैयाँ संकलन गरेको थियो । कम्पनीको समग्र बीमा व्यवसाय २१.२१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
कम्पनीले यस अवधिसम्म ५८ करोड ३३ लाख रुपैयाँ नाफा गरेको छ । आवमा ६१ करोड ७४ लाख रुपैयाँ नाफा गरेको थियो । यसरी हेर्दा कम्पनीको नाफा ५.५४ प्रतिशतले घटेको छ यस अवधि सम्म कम्पनीले ५ अर्ब दावी भूक्तानी दिएको छ ।
यसमा कर्मचारी,फाइन्स सेवा शूल्क र विभिन्न कमिशन तथा भत्ता शीर्षकमा ६ अर्ब खर्चिएको छ ।





About Us
प्रतिक्रिया