यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा घट्दा व्यवसाय बढ्यो


काठमाडौं – यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा २१ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २००/८१ मा खुद नाफा २४ करोड ८४ लाख रुपैयाँ कमाएको थियो । कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणले यस्तो देखाएको हो ।

त्यस्तै, गत वर्ष कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले गत वर्ष १ अर्ब ७४ करोड रुपैया गरेको छ भने अघिल्लो वर्ष १ अर्ब ८३ करोड रुपैयाँ गरेको थियो । कम्पनीले गत वष ६७ करोड रुपैयाँको दाबी भुक्तानी दिएको छ भन अघिल्लो वर्ष ७२ करोड दाबी भुक्तानी दिएको थियो ।

यस्तै, कर्मचारी, फाइनन्स, सेवा शूल्क र विभिन्न कमिशन तथा भत्ता शीर्षकमा १ अर्ब रुपैयाँ खर्चिएको छ । कम्पनीको इपिएस पनि ११.८३ बाट घटेर ९.३७ मा पूगेको छ । साथै, कम्पनीले कर तिर्नुअघि ३२ करोड नाफा आर्जन गरेको थियो भने राज्यकोषमा ११ करोड तिरे पछि कम्पनीले खूद २१ करोड ६४ लाख रूपैयाँ नाफा आर्जन गरेको छ ।