काठमाडौं – सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले दिएको समयमा नै सबै वाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षमा २० वाणिज्य बैंकहरुको नाफा साढे ७१ अर्ब रुपैयाँ बढी रहेको छ । बैंकहरुले गत आर्थिक वर्षमा ७१ अर्ब ६२ करोड नाफा गरेका हुन् ।
अघिल्लो वर्ष २० वटा वाणिज्य बैंकले ४९ अर्ब ८७ करोड १४ लाख २७ हजार रुपैयाँ नाफा कमाएका थिए । गत वर्ष सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकमा नबिल बैंक रहेको छ । नबिल बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा गरेको हो । यस्तै, सबैभन्दा धेरै नाफा गर्नेको दोस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार नाफा कमाएको हो । यस्तै, ग्लोबल आइएमई बैंक तेस्रो नम्बरमा परेको छ । बैंकले गत वर्ष ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ ।
यस्तै, गत वर्ष प्रभु बैंकले ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ, एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ, कृषि विकास बैंकले ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ आर्जन गरेका छन् । साथै, लक्ष्मी सनराइज बैंकले ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ आर्जन गरेका छन् ।
यसैगरी, गत आर्थिक वर्षमा नेपाल बैंकले ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ, सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ, एनएमबि बैंकले ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब २ करोड ९३ लाख ३ हजार रुपैयाँ, सानिमा बैंकले २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ, कुमारी बैंकले २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकले २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ८० करोड २५ लाख ८० हजार रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब २९ करोड ३२ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यता, गत आर्थिक वर्षमा सबैभन्दा कम नाफा कमाउने बैंकमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको नाफा गत वर्ष ७६.९६ प्रतिशत घटेर १६ करोड १५ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ ।






About Us
प्रतिक्रिया